Site Network: Home | Facebook Page | Contack Us | About

तिम्रो मेरो छानो एउटै होस् /
जे खाएनी मानो एउटै होस् //

तिमि भए चाहिन्न महल /
बरु झुप्रो सानो एउटै होस् //

कहिले सुख कहिले दुख /
यस्तो रानो-बानो एउटै होस् //

मरौ संगै बाचौ संगै सानु /
मर्ने बेला गानो एउटै होस् //

चौतारिमै गुजार्छु जिन्दगि /
मायाँको ओ'भानोएउटै होस् //
----------@@@
गजल प्रेमी औंसीकोरातमा इन्द्रमान आत्मा
चुरियामाई -९ मकवानपुर हेटौडा
हाल- दोहा कतार !

मान्छे मान्छे एउटै हो किन हेला मलाई /
अरुलाई चिल्लो कार किन ठेला मलाई //

औसीकोरात् जस्तो अँधेरो मेरो जीवनमा /
आकाशको जुन टिपेर कसले देला मलाई //

पैसा र वैशको पछि लाग्छन् यहाँ स्वार्थीहरु /
सेतो कफन कस्ले बेर्ला मर्ने बेला मलाई //

जहा गए पनि हाँस्छन् मेरै खिल्ली उडाएर /
मन छैन जान मठमन्दिर र मेला मलाई //
म बुझ्न चाहन्छु धनि गरिबको इतिहास /

यदि सक्छौ भने बनाउ आफ्नो चेला मलाई //
---------------
गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा
चुरियामाई - ९ शिखरपानी
मकवानपुर ! 
यहाँ क्लिक गरेर सुन्नु होला -
http://www.youtube.com/watch?feature=player_detailpage&v=sMowGY6njHY 

मार्च २-२०१३ मा भएको चौतारी ग्रुपकल मा भएको कुराकानी तथा साथीहरुको मिठो आवाजमा गीतहरु

म भन्दिन तिमी नै मलाइ चाहिन्छ
तिमी भन्दा राम्रीसंग माया लाइन्छ

काली जान्छे गोरी आउछे उखानै छ
खुट्टा भए जुत्ता जती पनी पाइन्छ !
****ATM आमा -!

आफ्नो गुँड चरीले झैँ सार्नेलाई के भनु
उता अनी यता ठिक्क पार्नेलाइ के भनु

उनकै प्रतिक्षामा बसे ---पांच बर्ष सम्म
ऐया यो आत्मा जिउदै मार्नेलाई के भनु ?
********ATM आत्मा ***********
 

पैसामा बैश साट्नेहरु पनी धेरै देखे
बाटैमा रात काट्नेहरु पनी धेरै देखे

पैसाको लागी जे पनी गर्नेहरुले पनी
कुमारी भन्दै ढाट्नेहरु पनी धेरै देखे

**** ATM **** आत्मा *****

टाढा हुदा त बेसरी - रुवायौ तिमीले
नजिक हुदा झन् मुटु दुखायौ तिमीले

**मुटुमा रोप्यौ छुरा,गरेर मिठा कुरा
आखाबाट बलिन्धरा चुवायौ तिमीले