Site Network: Home | Facebook Page | Contack Us | About

gazal by indraman aatma

मान्छे मान्छे एउटै हो किन हेला मलाई /
अरुलाई चिल्लो कार किन ठेला मलाई //

औसीकोरात् जस्तो अँधेरो मेरो जीवनमा /
आकाशको जुन टिपेर कसले देला मलाई //

पैसा र वैशको पछि लाग्छन् यहाँ स्वार्थीहरु /
सेतो कफन कस्ले बेर्ला मर्ने बेला मलाई //

जहा गए पनि हाँस्छन् मेरै खिल्ली उडाएर /
मन छैन जान मठमन्दिर र मेला मलाई //
म बुझ्न चाहन्छु धनि गरिबको इतिहास /

यदि सक्छौ भने बनाउ आफ्नो चेला मलाई //
---------------
गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा
चुरियामाई - ९ शिखरपानी
मकवानपुर ! 
यहाँ क्लिक गरेर सुन्नु होला -
http://www.youtube.com/watch?feature=player_detailpage&v=sMowGY6njHY 

0 comments:

Post a Comment